समाचार संकलनमा गएका पत्रकार माथि प्रहरीद्धारा कुटपिट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २३

२३असार, काठमाडौं। ‘हेल्लो नेपाल’ नामक अन्लाइन टिभीका पत्रकार मिलन केसी माथि प्रहरीद्धारा निर्घात कुटपिट भएको छ।

सुजिता भण्डारी मृत्युप्रकरणको बारेमा समाचार संकलन गर्न केसी घटनास्थल पुगेका थिए। सोहि बखत उनीमाथि हातपात गरी प्रहरीद्वारा उनको क्यामेरा पनि तोडफोड गरिएको हो।

धेरै समय अगावै देखि विभिन्न सञ्चार माध्यममा पत्रकारिता गर्दै आएका केसीले प्रहरीहरुलाई पत्रकारको परिचय पत्र देखाएको भएतापनि पनि उनीमाथि कुटपिट गरिएको बताइएको छ।

‘हिजो असार २२ गते म चितवनमा सुजिता भण्डारीको मृत्यू प्रकरणको बारेमा समाचार संकलन गर्न गएको थिए । पत्रकार हुँ भनेर परिचय पत्र देखाउँदादेखाउँदै प्रहरीले मलाई निर्घात कुटपिट गरेको छ । लात्तिले हान्दै म माथी लाठी वर्षाको छ । मेरो घुँडामा गम्भिर चोट लागेको छ र क्यामेरा समेत फुटेको छ ’ उनले बताए।

सोहि घटनाको भर्सन गर्दै अन्लाइन टीभि पत्रकार संघले प्रस्तुत गरेको विज्ञप्ती :

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *