आफूमाथि कुटपिट भएको भन्दै सुष्माले दिइन् श्वेता र रसाइली विरुद्ध उजुरी

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २०

काठमाडौं– श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छन् ।

आफूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै उनी दरबारमार्ग प्रहरी समक्ष उजुरी दिएकी हुन् ।

अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको उनको आरोप छ । प्रहरीले छलफलका लागि श्वेतासहित आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ ।

लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको सुष्माको दावी छ । आफूमाथि भएको दुर्व्यवहारको भिडियो समेत प्रहरीलाई सुष्माले बुझाएकी छन् ।

श्वेताले आफूलाई अपशब्द र गालीगलौज पनि गरेको र बहिनी आरतीले हात हालेको सुष्माले प्रहरीलाई बताएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *