धानबाली डुब्यो, जलेश्वरमा पानी निकासको समस्या

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १६

महोत्तरी । महोत्तरीका विभिन्न स्थानमा धानबाली डुबानमा परेपछि किसान समस्यामा परेका छन्। जलेश्वर नगर क्षेत्रसमेत पानीले भरिएपछि स्थानीयको दैनिकी प्रभावित भएको छ।

महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगमाका साथै जलेश्वरका छोट्का रतबारा, बजराही र धवौलीमा धानमा क्षति पुगेको छ। किसानका अनुसार बर्सेनि एउटै क्षेत्रमा समस्या दोहोरिने गरेको छ।

यता, जलेश्वर बजारका सडकमा पानी जम्दा सवारीसाधन सञ्चालन र पैदल आवतजावत कठिन भएको छ। पानीको निकास सहज नहुँदा डुबान थप बढेको स्थानीयले बताएका छन्।

रातु नदी आसपासका केही स्थानमा बाँध क्षतिग्रस्त भएपछि पानी बस्ती र खेततर्फ पसेको हो। प्रशासनले क्षतिग्रस्त बाँध मर्मतसँगै जलेश्वरको पानी निकासका लागि काम थालेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *