|
२०८३ आश्विन १६
जनकपुर । धनुषामा टिपर दुर्घटनामा गम्भीर घाइते भएका ३६ वर्षीय हरि महतोको उपचारका क्रममा मृत्यु भएको छ।
मिथिला नगरपालिका–३ लालभित्तिमा बालुवा–गिट्टी बोकेको टिपर पल्टिँदा महतो गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लगिएको थियो।
महतो औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका ३० वर्षीय हरि विक पनि घाइते भएका छन्। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्