कोरोनाको समाचार सम्प्रेषण सम्बन्धी पत्रकार महासंघद्वारा यस्तो निर्देशिका

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २५

नेपाल पत्रकार महासंघद्वारा कोरोनाभाइरसको समाचार सम्प्रेषण सम्बन्धी निर्देशिका ल्याइएको छ। यस निर्देशिकाको पालना गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरिएको छ। 

पत्रकारमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले महासंघले निर्देशिका ल्याएको हो। अहिलेसम्म देशभर ६८० जना पत्रकार संक्रमित भइसकेका छन् भने सात जनाले ज्यान गुमाइसकेका छन्। 

महासंघले जानकारी दिए अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तयार गरेको स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा निर्देशिका जारी गरिएको हो। जसमा कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ। 

कोरोना सम्बन्धी समाचार प्रकाशित गर्दा त्रसित बनाउने गरी नलेख्न आग्रह गरेको छ। यससँगै कोरोनालाई कुनै देश, क्षेत्र वा समुदायसँग जोडेर नलेख्न पनि सचेत गराएको छ। संक्रमणको महामारीभन्दा सूचनाको महामारी चाँडो फैलिने भएकाले नकारात्मक तथा त्रास फैलाउने समाचार सम्प्रेषण नगर्न निर्देशिकामा सचेत गराइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *