×

बारामा महिला जनप्रतिनिधिमाथि निर्घात कुटपिट, ८ जना पक्राउ

भदौ ५, २०७८ | दाक्सु मिडिया

बारा । बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् ।

पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।

आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए । आक्रमण भएको सूचना पाएलगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्दार गरेको थियो ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित ८ जनालाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: