|
२०८३ आश्विन १६
हुम्ला । हिमपातले हुम्लाको उत्तरी हिल्सा क्षेत्र सेताम्मे बनेपछि सीमा नाकाको नियमित गतिविधि प्रभावित भएको छ। भारी हिउँ परेपछि हिल्सा–ताक्लाकोट आवतजावत बन्द छ।
नाकामा ४१ नेपाली रोकिएका छन्। उनीहरू अधिकांश ताक्लाकोटमा व्यापार गर्दै आएका नाम्खा गाउँपालिकाका बासिन्दा हुन्।
हिल्सामा करिब अढाई फिटसम्म हिउँ जमेको छ भने नारा लेकमा समेत सडक ढाकिएपछि यातायात सञ्चालन गर्न समस्या भएको छ। सीमामा रहेको एउटा स्काभेटरबाट हिउँ पन्छाउने काम भइरहेको छ।
हिमपातकै कारण कैलाश मानसरोवर जाने यात्रासमेत रोकिएको छ। चिनियाँ पक्षले असोज १८ गतेदेखि नाका खुलाउने जानकारी दिएको छ।
यस वर्ष हिल्सा हुँदै ६ हजार १० जना कैलाश मानसरोवर पुगेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्