|
२०८३ आश्विन १६
रामेछाप । सामाजिक सञ्जालको मेसेन्जरमार्फत एक नाबालिकालाई अश्लील फोटो, भिडियो तथा सन्देश पठाएको आरोपमा रामेछापका एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्।
प्रहरीका अनुसार झापा गौरादह–४ घर भएका ४८ वर्षीय नवराज भण्डारीले सुनापति गाउँपालिका–५ मा अध्यापन गराउँदै आएका थिए। उनीविरुद्ध १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने प्रलोभन देखाएर यौनजन्य व्यवहार गरेको आरोपसमेत छ।
घटनाबारे उजुरी परेपछि प्रहरीले भण्डारीलाई बुधबार पक्राउ गरेको हो। रामेछाप जिल्ला अदालतले अनुसन्धानका लागि आठ दिनको म्याद दिएको छ।
प्रहरीले घटनासम्बन्धी प्रमाण तथा अन्य पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले भण्डारीमाथिको कानुनी प्रक्रिया अनुसन्धानकै क्रममा छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्