|
२०८३ आश्विन १६
काठमाडौं । बाढीपहिरोका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा सडक यात्रा प्रभावित बनेको छ। कतिपय ठाउँमा सडक नै सम्पर्कविहीन भएपछि यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन्।
ललितपुरको टाकुर्चेमा पहिरो खसेपछि कान्तिलोकपथ बन्द छ। रसुवाका सडक पनि तत्काल खुल्ने अवस्था छैन।
म्याग्दी र मनाङका सडकमा यातायात ठप्प हुँदा स्थानीय आवतजावत प्रभावित भएको छ। कालीगण्डकी करिडोरका केही भागमा सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारी साधन चल्न सकेका छैनन्।
हुम्लामा कर्णाली करिडोर र सिमकोट–हिल्सा सडक बन्द हुँदा उत्तरी क्षेत्रको यातायात थप प्रभावित भएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहिरो हटाउने र बाढीले क्षति पुर्याएका सडक मर्मत गर्ने काम अघि बढाएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्