पोखरामा प्रहरीको विशेष अभियान, २० जना नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २४

पोखरा — जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’का क्रममा पोखराका विभिन्न क्षेत्रबाट २० जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र लेकसाइडलगायत स्थानमा मादक पदार्थ तथा लागुऔषध सेवन गरी होहल्ला गर्ने, सर्वसाधारण र पर्यटकलाई दुःख दिने तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

मदिरा तथा गाँजा सेवन गरेका केहीलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको छ। आपराधिक पृष्ठभूमि भएका तथा पटक–पटक अवाञ्छित गतिविधिमा संलग्नलाई भने कानुनी प्रक्रियामा लगिने प्रहरीले जनाएको छ।

शान्ति सुरक्षा मजबुत बनाउन कास्की प्रहरीले केही महिनादेखि यस्तो अभियान निरन्तर सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *