नायक पल शाह प्रहरीको नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १५

काठमाडौं :  नायक पल शाहले प्रहरीसामु आत्मसमर्पण गरेका छन्। शाहले आइतबार तनहुँ पुगेर प्रहरीसामु आत्मसमर्पण गरेका हुन्। तनहुँ प्रहरी पवक्ता युवराज खड्काले नायक शाह प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए।

यसअघि सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै शाह आफै प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए। 

उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको आरोप उनीमाथि छ।  ति किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार थिए ।

 जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *