|
२०८३ असार ३
भद्रपुर, असार ३ — झापा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागुऔषध प्रयोग र कारोबारमा संलग्न ९२ जनालाई नियन्त्रणमा लिएको छ। दुई दिनसम्म जिल्लाका विभिन्न शङ्कास्पद स्थानमा गरिएको अभियानमा प्रयोगकर्ता तथा कारोबारी दुवैलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनजस्तो पदार्थ र गाँजासमेत बरामद गरेको जनाएको छ। नियन्त्रणमा लिइएका केही व्यक्तिमाथि लागुऔषध कारोबारको आरोपमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार प्रयोगकर्ताहरूलाई मनोपरामर्श तथा पुनःस्थापनाको प्रक्रियामा जोड्ने तयारी गरिएको छ भने कारोबारीविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्