|
कार्तिक ११, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराले आज प्रतियोगितामा पहिलो खेल खेल्दैछ। यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
यसैबीच, चितवन राइनोज र कर्णाली याक्सले जित निकालिसकेका छन्। अंक तालिकामा लुम्बिनी पहिलो, कर्णाली दोस्रो र चितवन तेस्रो स्थानमा छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्