कास्की प्रहरीको अभियान तीव्र, एक महिनामै ६६ फरार प्रतिवादी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ४

पोखरा — जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ६६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४८ पुरुष र १८ महिला रहेका छन्। अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान नगरी फरार रहेका उनीहरूलाई कानुनी प्रक्रियामा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका प्रतिवादीबाट ११ वर्ष ११ महिना २ दिन बराबरको कैद सजाय र २ करोड ३९ लाख ७२ हजार ९९५ रुपैयाँ बिगो असुल गर्न अदालतमा पेस गरिएको छ।

प्रहरीले चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, अभद्र व्यवहार, अंश तथा बिगोसम्बन्धी मुद्दालगायत विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेकाहरूलाई पक्राउ गरेको जनाएको छ।

कास्की प्रहरीले पछिल्लो समय फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ। जिल्लामा विभिन्न अपराधसँग सम्बन्धित २४५ वटा मुद्दा दर्ता भएको र तीमध्ये गम्भीर अपराध, महिला तथा बालबालिका सम्बन्धी अपराध, आर्थिक अपराध र अन्य प्रकृतिका मुद्दा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *