|
२०८३ असार २
सिरहाका विभिन्न क्षेत्रमा नदीजन्य सामग्रीको अवैध उत्खनन तथा ढुवानीमा संलग्न सवारी साधनमाथि प्रहरीले कारबाही गरेको छ। अभियानका क्रममा एउटा स्काभेटर र १० वटा टिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कमला नदी र गागनखोला आसपासका क्षेत्रमा संयुक्त सुरक्षा टोलीले अनुगमन गर्दा ग्राभेल बोकेका सवारी साधन फेला परेका हुन्। प्रहरी पुगेपछि अधिकांश चालक सवारी साधन छाडेर फरार भएका बताइएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्