अवैध नदीजन्य उत्खनन नियन्त्रणमा प्रहरीको कडाइ, तीन सवारीसाधन नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

बाँके जिल्लामा नदी तथा खोलाबाट हुने अवैध माटो र नदीजन्य पदार्थ उत्खनन रोक्न प्रहरीले निगरानी कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्ती नदीसहित विभिन्न क्षेत्रमा भइरहेको अवैध उत्खनन र ढुवानी नियन्त्रण गर्न नियमित अनुगमन बढाइएको छ।

कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा गरिएको अनुगमनका क्रममा अवैध उत्खननमा प्रयोग भएका एक जेसिबी, एक टिपर र एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। स्थानीय गुनासोका आधारमा प्राकृतिक स्रोतको अवैध दोहन रोक्न निगरानी थप कडा पारिने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *