|
२०८३ असार ३०
काठमाडौं । लगातारको वर्षाका कारण सडकमा बाढी, पहिरो र ढुङ्गा खस्ने जोखिम बढेपछि नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सवारीसाधनको आवागमन रोकिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अर्को सूचना जारी नभएसम्म नागढुङ्गा सडकखण्डबाट बाहिरिने सवारी सञ्चालन बन्द गरिएको हो।
सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकखण्डमा समेत यातायात रोकिएको प्रहरीले जनाएको छ। यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन र समस्या परे प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
यसैबीच, वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेपछि र सेती दोभानमा लेदो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ। देशका विभिन्न क्षेत्रमा जारी वर्षाले जनजीवन प्रभावित बनेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्