पहिरो हटेपछि शक्तिखोर–फिस्लिङ सडकमा पुनः यातायात सुचारु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १४

मुग्लिन : चितवनको कालिका नगरपालिका–९ स्थित कोलारडाँडामा खसेको पहिरो हटाइएपछि शक्तिखोर–फिस्लिङ सडकखण्डमा दुईतर्फी सवारी सञ्चालन पुनः सुरु भएको छ। सडकमा रहेका ढुङ्गा र माटो हटाएर आवागमन सहज बनाइएको नगरपालिकाले जनाएको छ।

यद्यपि बर्खायामका कारण उक्त सडक अझै जोखिमपूर्ण रहेकाले यात्रु र सवारी चालकलाई आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ। पहिरोका कारण उपरदाङगढी, मायाटार र घुर्केसलगायत क्षेत्रतर्फ जाने यात्रु तथा पर्यटक केही समय प्रभावित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *