साउनदेखि नागढुङ्गा सुरुङमार्ग खुल्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३

काठमाडौँ, असार ३ — बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् भने हाल सुरक्षा परीक्षण र व्यवस्थापन अभ्यास जारी रहेको आयोजना पक्षले जनाएको छ।

आयोजनाका अनुसार सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणसम्बन्धी केही काम मात्र बाँकी रहेको छ। सुरुङ सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा नगद, क्यूआर कोड तथा इलेक्ट्रोनिक स्टिकरमार्फत टोल शुल्क तिर्न सकिने व्यवस्था गरिनेछ। दैनिक हजारौँ सवारीसाधनले प्रयोग गर्ने अनुमान गरिएको यो सुरुङमार्गमा भने दुईपाङ्ग्रे सवारीसाधनलाई अनुमति दिइने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *