पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

मकवानपुर — अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडक खण्डमा ढुङ्गा खस्दा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

सडक खुलाउने उद्देश्यले डोजर र जनशक्ति परिचालन गरिएको भए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक पनि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि अवरुद्ध छ।

सडक अवरुद्ध भएपछि काठमाडौँ र हेटौँडाबाट आउने–जाने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार माटो भिजेका कारण थप पहिरो खस्ने जोखिम रहँदा बाटो खुलाउन समय लाग्ने सम्भावना छ।

प्रहरीले यात्रुहरूलाई सुरक्षित रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *