|
२०८३ असार ३०
काठमाडौं । लगातारको वर्षासँगै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि कान्ति लोकपथमा सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै मंगलबार बिहानदेखि बुधबार बिहानसम्म सार्वजनिक, निजी तथा यात्रुवाहक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ।
प्रशासनले अत्यावश्यक बाहेक यात्रा नगर्न, सडक तथा मौसमसम्बन्धी आधिकारिक सूचना पालना गर्न र सम्भावित विपद्बाट बच्न सबैलाई सतर्क रहन आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्