कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढ्न गगन थापाको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको हालैको फैसलापछि पार्टीलाई एकताबद्ध गर्दै सुदृढ बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

शनिबार जारी वक्तव्यमा उनले अदालतको निर्णयलाई जित–हारको रूपमा नलिई लोकतान्त्रिक अभ्यास र प्रक्रियाको रूपमा बुझ्नुपर्ने बताएका छन्। उनका अनुसार यसले पार्टीलाई पुनः संगठित भएर अघि बढ्ने अवसर दिएको छ।

थापाले देश–विदेशमा रहेका पार्टी सदस्यलाई एकताको पक्षमा उभिन आग्रह गर्दै महाधिवेशन प्रक्रियालाई सफल बनाएर पार्टी रूपान्तरणको दिशामा लैजानुपर्नेमा जोड दिएका छन्।

उनले पार्टीलाई नयाँ पुस्ताको अपेक्षा पूरा गर्न सक्ने, र देश निर्माणमा प्रभावकारी योगदान दिन सक्ने संगठन बनाउने लक्ष्य रहेको उल्लेख गर्दै सबैलाई मिलेर अघि बढ्न अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *