नारा नै लगाउने भए अबकी बार सय पारको लगाउन कार्यकर्तालाई गगन थापाको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन आग्रह गरेका छन् ।

कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको सरकार कांग्रेसको मात्र नभनेर सय सिट पार गर्ने गरी मत माग्नुपर्ने बताएका हुन् ।

उनले आगामी निवार्चनबाट कांग्रेसलाई बहुमतमा पुर्‍याउन सकिने जिकिर पनि गरे ।

‘त्यहाँ पुर्‍याउने हो यसपालि । मज्जाले जाने हो,’ थापाले भने, ‘सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’

सभापति थापाले यसका लागि नेता कार्यकर्ताले दुःख भने गर्नुपर्नेमा जोड दिए ।

सभापति थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई बदल्ने पनि बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *