पोखरेलको आरोप : जनभावनाअनुसार चल्न सकेन सरकार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

घोराही । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको टिप्पणी गरेका छन्। पुराना दलका कमजोरीपछि जनताले नयाँ वैकल्पिक शक्ति रोजे पनि सरकारले त्यसको मर्म बुझ्न नसकेको उनको भनाइ छ।

दाङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले लोकतन्त्रका लागि योगदान दिएका प्रतिपक्षी दललाई सरकारले उपेक्षा गरेको आरोप लगाए। सरकारका निर्णय र कामकारबाही लोकतान्त्रिक मूल्य तथा मान्यताअनुरूप हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य, कोमल वलीसहित विभिन्न नेता तथा जनप्रतिनिधिको उपस्थिति थियो। सोही अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *