उखु किसानले अनुदान अब आफ्नै बैंक खातामा पाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । उखु किसानलाई दिइने सरकारी प्रोत्साहन रकम अब बिचौलियाको झन्झटबिना सीधै व्यक्तिगत बैंक खातामा पठाइने व्यवस्था गरिएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिअनुसार अनुदान लिन किसानले साउनदेखि असोज मसान्तसम्म सम्बन्धित स्थानीय तहमा सूचीकरणका लागि निवेदन दिनुपर्नेछ।

उखु बिक्रीको क्रमअनुसार अनुदान वितरण गरिनेछ भने समूह वा सहकारीमार्फत बिक्री गरिएको उखुको रकम पनि सम्बन्धित किसानकै खातामा जम्मा हुनेछ। झुटो विवरण दिएर अनुदान लिनेहरूलाई कारबाही गरिने कार्यविधिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *