दबाब होइन, जवाफदेहिताका लागि राजीनामा दिएको गगन थापाको स्पष्टीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको जिकिर गरे । उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको बताए ।

यसैगरी, थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने दाबी गरेका छन् । जो निर्वाचनमा खटिएर लागे उनीहरूको सुझावका आधारमा जिम्मेवारीमा फर्किएको उनले भनाई छ ।

यस्तै, आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको जिकिर गरे । पार्टी आएको र पार्टी आएपछि मात्रै निर्वाचन आएको टिप्पणी गरे । कांग्रेसले त्यो विषयलाई फराकिलो दायरामा राखेर हेर्नुपर्ने पनि बताए । हेडलाइन बनाई दिनु

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *