विपद् व्यवस्थापनदेखि साइबर अपराधसम्म सहकार्यको प्रस्ताव राख्दै गृहमन्त्री गुरुङ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । क्षेत्रीय सुरक्षा चुनौती र प्राकृतिक विपद्को जोखिमबारे छलफल गर्न आयोजित बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा नेपालले विभिन्न एजेन्डा प्रस्तुत गर्ने भएको छ।

भारतमा भइरहेको बैठकमा गृहमन्त्री सुधन गुरुङले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट बढेको विपद् जोखिम कम गर्न तथा सदस्य मुलुकबीच पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने विषय उठाउने गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै, मानव बेचबिखन, लागुऔषध कारोबार, साइबर अपराध र आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणका लागि साझा रणनीति तथा सूचना आदानप्रदानमा जोड दिने नेपालको तयारी छ।

भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा भइरहेको बैठकमा बिमस्टेकका सात सदस्य राष्ट्र सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *