सर्लाहीमै बसेर जनतासँग जोडिने गगन थापाको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले निर्वाचित भएपछि स्थानीय जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर विकास निर्माणका काममा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनकौलमा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले सर्लाहीमै सम्पर्क कार्यालय स्थापना गरी शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता प्राथमिक क्षेत्रमा केन्द्रित भएर काम गर्ने बताएका हुन्। मधेसलाई बुझ्ने उद्देश्यसहित उम्मेदवारी दिएको उल्लेख गर्दै थापाले आफू नेता होइन, सर्लाहीको “छोरा” बनेर सेवा गर्न आएको बताए।

स्थानीयवासीसँगका छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने आश्वासन दिँदै उनले यहाँको माया र विश्वास पाउने विश्वास व्यक्त गरे।कार्यक्रमका क्रममा बहुजन पार्टीका नेता कृष्णकुमार कुशवाहसहित विभिन्न वडाका जनप्रतिनिधि र कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सभापति थापा माघ १६ गते काठमाडौँ फर्किने सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *