|
२०८३ आश्विन २७
काठमाडौं । अदालतबाट सजाय पाएका र विभिन्न मुद्दामा फरार रहेका व्यक्तिसहित ९८ जनालाई प्रहरीले काठमाडौंमा नियन्त्रणमा लिएको छ।
असोज २६ गतेदेखि २७ गते बिहानसम्म सञ्चालन गरिएको ‘स्वीप अपरेसन’मा अदालतबाट दण्डित नौ जना र चालु मुद्दाका सात जना प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सार्वजनिक स्थानमा हुलहुज्जत, हातपात, दुर्व्यवहार, चोरी तथा लुटपाटजस्ता गतिविधि नियन्त्रण गर्न अभियान चलाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्