ओली र बालेन दुवै अतिवादी सोच भएको गगन थापाको टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवै अतिवादी सोच भएको टिप्पणी गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको उल्लेख गर्दै ओली र बोलनलक्षित जेनजी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको बताए ।

उनले यो दुवै अतिवादी सोच भएको टिप्पणी गरेका छन् ।

यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग कांग्रेस असहमत रहेको स्पष्ट पारे । उनले अब सरकारको गोलीबाट कुनै पनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *