अडियो विवादमा खगेन्द्र सुनारमाथि रास्वपाको अनुशासनात्मक प्रक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । सार्वजनिक भएको विवादित अडियोबारे जवाफ दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई २४ घण्टाको समय दिएको छ।

बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सुनारले आपत्तिजनक अभिव्यक्ति दिएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले छानबिन अघि बढाएको हो।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले सुनारसँग स्पष्टीकरण मागेको छ। उनको जवाफ प्राप्त भएपछि थप निर्णय लिइने आयोगका एक सदस्यले बताएका छन्।

यस प्रकरणमा पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ। पार्टीभित्र छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउन दबाब बढिरहेका बेला उनको स्पष्टीकरणलाई चासोका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *