काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय डा।शेखर कोइराला र डा।मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेर नेताद्वय डा.कोइराला र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न आग्रह गरेका हुन् ।
भेटमा सहभागी डा।रिजालले पार्टी एकताबद्ध रहोस्, त्यसका लागि पहल गर्नुस् भन्ने सुझाव आफूहरूले सभापतिलाई दिएको जानकारी दिए ।
डा.रिजालले आफूहरू कसैको पक्षपोषणमा नरहेको पनि बताए । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । केन्द्रीय कार्यालयले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेका बेलामा नेताद्वय डा।कोइराला र रिजालले पार्टी एकताबद्ध राख्ने पहलकदमी लिन देउवालाई सुझाएका हुन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्