काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन कुनै हालतमा पछि नपर्ने स्पष्ट गर्दै शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न हुने बताइन्।
शुक्रबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरोकारवालाहरू तयारी अवस्थामा रहेको जानकारी दिइन्। उनले भनिन्,“अब ‘चुनाव हुन्छ कि हुँदैन’ होइन, कसरी चुनाव सफल बनाउने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्छ। १२६ वटै दलले एउटै आवाजमा– चुनाव हुनु नै छ– भन्ने मनस्थितिमा जानुपर्छ।”
प्रधानमन्त्रीका अनुसार सुरक्षाको पहिलो आधार जनता हुन्, त्यसपछि प्रहरी, सशस्त्र प्रहरी र सेना आउँछन्। बैठकमा सहभागी दलहरूले पनि सकारात्मक तयारी देखाएका छन्। भदौ २३ र २४ का घटनाहरू सम्झँदै उनले दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन्।
सरकारले जेनजीसहित सबै दल, सुरक्षा निकाय र नागरिक समाजसँग संवाद गर्दै सम्भावित आशङ्काहरू हटाउँदै आएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्