|
२०८२ मंसिर १६
कैलाली, १६ मंसिर २०८२ – सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन तोकिएको समयमा निष्पक्षरूपमा हुने दाबी गरेका छन्।
उनले फागुन २१ गतेको निर्वाचन ‘पर नसर्ने’ र सरकारले त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको बताए। गृहमन्त्री अर्यालले भने, “सरकारको मुख्य जिम्मेवारी निर्वाचन हो। भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा सम्पन्न हुन्छ।”
अर्यालका अनुसार राजनीतिक दललाई स्वतन्त्ररूपमा चुनावी गतिविधि गर्ने वातावरण सुनिश्चित गरिएको छ। उनले जोड दिए, “यो साझा सरकार हो, हामी कुनै दलमा भेदभाव गर्दैनौं। कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध आउँदैन।”

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्