|
२०८२ कार्तिक २६
काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।
बुधवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेट गरेका हुन् ।
प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गरेका हुन् ।
छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरुसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्तालगायतका विषयमा प्रधानमन्त्री कार्कीले चासो राखेकी थिइन् ।
आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्