प्रधानमन्त्री कार्की : “निर्वाचन सफल बनाउन सबै पक्ष जिम्मेवार बनौँ”

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १

काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ मा हुने निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक र ऐक्यबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

शनिबार शीतल निवासमा राष्ट्रपति, गृहमन्त्री, मन्त्रीहरू तथा सुरक्षा निकाय प्रमुखहरूसँगको छलफलपछि उनले निर्वाचन तयारी सकारात्मक दिशामा अगाडि बढिरहेको बताइन्।

प्रधानमन्त्रीले ट्विटरमार्फत सुरक्षा सुनिश्चित गर्न गम्भीर छलफल भएको उल्लेख गर्दै सुरक्षा निकायहरू उच्च मनोबलका साथ तयारीमा रहेको जानकारी दिइन्।

उनले भनिन्, “सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।”

सुरक्षा निकायहरूले पनि भयरहित वातावरणमा चुनाव गराउन पूर्ण रूपमा तयार रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *