|
२०८२ मंसिर १५
काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
राति भएको भेटपछि मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवैको संयुक्त फोटो सार्वजनिक गर्दै “देश निर्माणको यात्रामा हामी एकसाथ छौँ” भनेर टिप्पणी गरेका छन्।
घिसिङ संलग्न रहेको भनिएको उज्यालो नेपाल पार्टी को मंसिर १७ गते औपचारिक घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
पार्टी घोषणाअघि घिसिङले विभिन्न व्यक्ति तथा दलका प्रतिनिधिसँग निरन्तर सम्वाद र परामर्श गर्दै आएको जानकारी पार्टीका प्रवक्ता डा. राजु थापाले दिएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्