|
२०८२ आश्विन ८
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार बिहान बालुवाटारमा भेट गरेका छन्। करिब ३० मिनेट चलेको अनौपचारिक भेटमा जेनजी आन्दोलनका माग र मुद्दामा छलफल भएको स्रोतले जनाएको छ।
मेयर शाहले आन्दोलनले उठाएको विषयमा गम्भीर ध्यान दिनुपर्ने बताए भने, प्रधानमन्त्री कार्कीले आफू सुशासन र निर्वाचनलाई प्राथमिकतामा राखेको र मागप्रति प्रतिबद्ध रहेको बताएकी छन्। भेटमा दुबै पक्षका निकट सहयोगीहरू पनि सहभागी थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्