बालेन र कुलमान आफ्नो संगठनमा आउने मेयर राईको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १९

काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक बालेन शाह र कुलमान घिसिङ आफ्नो संगठनमा आउने दाबी गरेका छन् । मेयर राईले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन् ।

उनले बारम्बार बालेन र कुलमान आफ्नो संगठनमा जोडिने बताउँदै आएका छन् । सोही क्रममा उनले अरू तिर जानु भनेको भ्रष्टको हलि बन्नु भएको बताउँदै बालेन र कुलमानको स्वभाव यस्तो नभएको समेत उल्लेख गरेका छन् ।

‘ढुक्क बस्नुस्, बालेन र कुलमान पनि हाम्रै संगठनमा आउनेछन् !’ उनले लेख्छन् !‘अरु तिर जानू भनेको भ्रष्टको हलि बन्नु हो जुन वहाँहरूको स्वभावमा पर्दैन !’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *