“म कुनै पार्टीमा आबद्ध हुने छलफल भएको छैन” कुलमान घिसिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।


‘उज्यालो नेपाल’ पार्टीसँग आफ्नो संलग्नता र अध्यक्ष बनाउने बारेमा सामाजिक सञ्जालमा आएका समाचारहरू असत्य र तथ्यहीन भएको बताउँदै उनले ती समाचारको खण्डन गरेका छन्।


मन्त्री घिसिङले आफू कुनै जुम बैठकमा समेत सहभागी नभएको र प्रचार गरिएका सामग्रीहरू दूषित मनसायका साथ प्रसारित गरिएको भन्दै सबैलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *