युवा पुस्ताको आवाज बोकेर निस्कल राईको केन्द्रीय सदस्यमा उम्मेदवारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २१

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य निस्कल राईले पार्टीको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

इलाम–१ बाट प्रतिनिधिसभामा निर्वाचित राई पछिल्लो समय युवा तथा आम नागरिकका विषयमा सक्रिय सांसदका रूपमा चर्चामा छन्। उनी पहिलो प्रयासमै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

शिक्षण तथा सामाजिक क्षेत्रमा समेत अनुभव रहेका राईले रोजगारी, सीप विकास, उद्यमशीलता र युवाका मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्। महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टी संगठनमा थप भूमिका निर्वाह गर्ने उनको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *