कुलमानसँग कुरा नमिलेपछि मेयर बालेनको टोलीबाट ‘देश विकास पार्टी’ बनाउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नजिकका सचिवालय सदस्यहरू नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ खोल्ने तयारीमा छन्।

ऊर्जामन्त्री कुलमान घिसिङसँग सहमति नजुटेपछि बालेन पक्षले सुदीप ढकालको संयोजकत्वमा नयाँ दल दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ। पार्टीको चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ।

बालेनले भने आगामी संसदीय निर्वाचनमा प्रत्यक्ष सहभागिता नजनाउने, तर जेनजी आन्दोलनको मर्म बोकेको दललाई समर्थन गर्ने जनाएका छन्।

ढकालका अनुसार, कुलमानसँगको छलफलमा पारदर्शिता र जवाफदेहिताको अभाव देखिएपछि सहकार्य रोकिएको हो। बालेन पक्षले भने वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै पार्टी गठनलाई तीव्रता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *