|
२०८२ भाद्र २१
काठमाडौ । इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने उनले बेवास्ता गरे ।
बसन्तपुरमा आयोजित कार्यक्रममा मेयर शाहले राष्ट्रपति पौडेलसँगै मंचमा पुगेका थिए । तर, प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रतिनिधित्व गरे ।
मेयर बालेन र प्रधानमन्त्री ओलीबीच लामो समयदेखि सार्वजनिक रूपमा चल्दै आएको आरोप–प्रत्यारोपको प्रभाव यो पटकको इन्द्रजात्रामा पनि देखिएको हो ।
इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहने परम्परा छ, जहाँ आयोजकको हैसियतले मेयरले स्वागत गर्दै आएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्