हर्क साम्पाङको पार्टीको झण्डा नहुने, चुनाव चिह्न मात्रै रहने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १३

काठमाडौँ । धरानका मेयर हर्कराज साम्पाङले ‘श्रम संस्कृति पार्टी’को झण्डा नहुने स्पष्ट पारेका छन्। उनले पार्टीमा केवल चुनाव चिह्न मात्रै प्रयोग गरिने बताए।

साम्पाङका अनुसार पार्टीमा ‘कार्यकर्ता’ भन्ने शब्द प्रयोग गरिने छैन। यसको सट्टामा सबै सदस्यलाई ‘श्रमदाता’ भनेर सम्बोधन गरिने छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “कोही कसैको कार्यकर्ता बन्नु पर्ने छैन, सबैले देशका लागि श्रमदान गर्ने भएकाले ससम्मान श्रमदाता भनिनेछ।”

उनले पार्टीभित्र व्यक्तिको स्वतन्त्र अभिव्यक्ति अधिकार पूर्णरूपमा सुरक्षित हुने दाबी गरेका छन्। “ह्वीप जारी गरेर कसैलाई दबाइने छैन,” साम्पाङले भने, “व्यक्तिको बोल्नपाउने अधिकारलाई सम्मान गरिनेछ।”

साम्पाङले हालै ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उक्त निवेदनमा उनलाई नै संयोजक प्रस्ताव गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *