धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहमाथि पुनः कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा हालै गरिएको पोस्टमार्फत साम्पाङले बालेनलाई ‘विदेशी दलाल’को संज्ञा दिएका छन्। बालेनले सामाजिक सञ्जालमा गरेका पछिल्ला अभिव्यक्तिहरूलाई लक्षित गर्दै उनले ती स्ट्याटसहरूलाई “बेमौसमी गीत” भनेर व्याख्या गरेका छन्।
साम्पाङले बालेनमाथि देशको अवस्था कमजोर बनाएको आरोप लगाउँदै “घरी एम्बुलेन्स, घरी छात्रवृत्ति” भन्ने तरिकाले जनताको ध्यान अन्यत्र मोड्न खोजिएको दाबी गरेका छन्। तर, अब जनताले यस्ता प्रयासहरूलाई चिन्न थालेको भन्दै उनले बालेनलाई सिधै ‘विदेशी दलाल’ भनी टिप्पणी गरेका छन्।
उनका अनुसार “विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो! देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर!”



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्