कुनै दिन ‘राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ’ : हर्क साम्पाङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १६

काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्‍यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका थिए ।

मेयर साम्पाङले र्‍यालीका लागि धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा “हर्क साम्पाङ जिन्दाबाद”को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *