|
२०८२ भाद्र ३०
३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले संविधानको धारा ८० अनुसार शपथ लिएका हुन्।
प्रधानमन्त्री कार्कीले बहुविभागीय जिम्मेवारी सम्हालेकी छन्, जसमा उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, रक्षा, परराष्ट्र, पर्यटन, श्रम, सञ्चारलगायतका प्रमुख मन्त्रालयहरू समावेश छन्।
रामेश्वर प्रसाद खनाल अर्थ मन्त्रालयमा पुगेका छन्।
कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास सम्हाल्ने भएका छन्।
ओम प्रकाश अर्यालले गृह तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्