फागुन २१ मा प्रतिनिथि सभाको निर्वाचन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन्। राष्ट्रप‍ति रामचन्द्र पौडेलले उक्त सिफारिस सदर गर्दै आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका छन्।

युवा पुस्ता (जेन–जी)को आन्दोलनको दबाबपछि प्रधानमन्त्री बनेकी कार्कीले शपथ लिएको केही घण्टामै मन्त्रिपरिषद् बैठक बोलाएर संसद् विघटनको निर्णय गरेकी हुन्। मेयर बालेन्द्र शाहसहित जेन–जी आन्दोलनका अगुवाहरूको समर्थनमा उनी प्रधानमन्त्री बनेकी थिइन्।

देशको इतिहासमा नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै जननिर्वाचित संसद् भंग गरेको यो दुर्लभ घटना मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *