×

अशोकराज सिग्देल प्रधान सेनापति नियुक्त

भदौ १२, २०८१ | दाक्सु मिडिया

काठमाडौं : नयाँ सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा नियुक्त गरेका हुन् ।

योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् । नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए । यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका हुन् । ३७ वर्षदेखि सैनिक सेवामा कार्यरत् सिग्देल भैरहवाका हुन् । उनले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर सकेका छन् ।

सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको कमाण्ड पनि सम्हालेका थिए । युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियालगायतका देशमा उनी यूएन मिसनमा गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: