|
२०८२ भाद्र २७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सघन छलफल गरिरहेका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ।
तर, जेनजी र बालेन समूह संसद विघटनको माग गर्दै आएका छन्, जसमा राष्ट्रपति, कांग्रेस, एमाले र सभामुख देवराज घिमिरेको असहमति छ।
ओमप्रकाश अर्यालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था सहित संविधान संशोधनको प्रस्ताव गरेका थिए। कांग्रेस र एमाले तयार छैनन्, भने प्रचण्डले जेनजीका मागप्रति सहमति देखाएका छन्। कार्कीलाई प्रधानमन्त्री बनाउने विधि अझै प्रष्ट छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्